बराह सहकारीको ११ अर्ब बचत रकम अपचलन गर्ने ८ जना कारागार चलान


विराटनगर । जिल्ला अदालत सुनसरीले बराह ग्रुपअन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारीको ११ अर्ब रुपैयाँ अपचलन गर्ने ८ जना कारागार चलान भएका छन् ।

न्यायाधीश मुकेश उपाध्यायको इजलासले बुधबार पूर्पक्षका लागि कारागार चलान भएका गरेको हो । थुनछेक बहसपछि पक्राउ परेका ११ मध्ये ८ जनालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

बचत अपचलन मुद्दामा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दामा अनुसन्धान गरिएको थियो । जसमा मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालीकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर पक्राउ परेका थिए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।