इजरायलले गाजा क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने


काठमाडौं । इजरायलले गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।

इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको बताएका छन् । उनले भनेका छन्, ‘मैले गाजा क्षेत्रका बिजुली आपूर्ति तुरुन्तै बन्द गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको छु । हामी आफ्नो हातमा रहेका सबै उपाय प्रयोग गर्नेछौं, ताकि बन्धकहरूको रिहाइ होस् र गाजाबाट हमासको अन्त्य सुनिश्चित गर्न सकियोस् ।’

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य आवश्यक वस्तुहरू बोकेका गाडीहरूको सडक बन्द गरिदिएको थियो ।

प्रकाशित मिति: २६ फागुन २०८१, सोमबार  १२ : ०४ बजे