साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्दैछ।

भोली फागुन २९ गते, बिहीबार होलीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे ५८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित मिति: २८ फागुन २०८१, बुधबार  ०६ : ३८ बजे