आइतबार ४०० रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ ।  आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितालो १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ आज प्रतितालो ४०० रुपैयाँ घटेको हो ।

साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ७४ हजार ५ सय कायम गरिएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६.६५ अमेरिकी डलर र चाँदी ३३.७६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८१, आइतबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।