वीरगन्जबाट ५३ अर्ब २६ करोडकाे वस्तु निर्यात


काठमाडौँ । वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरकाे सामान निर्यात भएकाे छ । गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ ।

बितेका ८ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

प्रकाशित मिति: १२ चैत २०८१, मंगलबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।