बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ४ अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत हो ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को ८ महिनामा ५ अर्ब १६ करोड ५२ लाख ३२ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४ अर्ब २५ करोड २० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ ।
कार्यालयले अन्तःशुल्कतर्फ २ अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ ६ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ १ करोड २५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ ।
कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ ५ हजार ९२३, अन्तःशुल्कतर्फ १ हजार ६०४, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फ ८३ हजार ७०१ करदाता आबद्ध छन् ।
प्रतिक्रिया