गलेश्वर आश्रमको भित्तेपात्रो सार्वजनिक


काठमाडौं । देवघाटधामस्थित गलेश्वर आश्रमले २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्त समेटेर भित्तेपात्रो सार्वजनिक गरेको हो ।

गलेश्वर धामका पीठाधीश ‘स्वामी आत्मानन्द’ले मंगलबार पोखराको रामघाटस्थित गीता मन्दिरमा आयोजित एक विशेष कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले उक्त भित्तेपात्रो अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य लगायत व्यापार व्यवसाय सुरु गर्ने/खोल्ने, गृह निर्माण, गृह प्रवेश जस्ता शुभ मुहुर्तदेखि लिएर सम्पूर्ण तिथिमिति सर्वसाधारणले समेत सजिलै छुट्ट्याउन सक्ने गरी तयार गरिएको जानकारी दिए ।

उक्त भित्तेपात्रो कुन दिन, कुन तिथि कति घडी र कति पलासम्म कायम छ भन्ने कुरा पनि सजिलै छुट्टयाउन सकिने गरी तयार गरिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।