बढ्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौँ । साताको चौथो दिन बुधबार (आज ) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ बुधबार भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १० रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।