अनुगमनका क्रममा भेटियाे सवा लाख रुपैयाँकाे म्याद गुज्रिएकाे सामान


संखुवासभा । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले संखुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा १ लाख १७ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डंगोलले सदरमुकाम खाँदबारीका ६ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए।

बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८१, बिहिबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।