काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।
कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् ।










प्रतिक्रिया