काठमाडौं । काठमाडौंको तीनकुनेमा अवस्था तनावग्रस्त भएका छन् । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको हो । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।
अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।










प्रतिक्रिया