१ लाख ८० हजार नाघ्दै सुनको मूल्य ‘अल टाइम हाई’


काठमाडौं । नेपाली बजारमा सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ ।

जबकि बुधबार १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन एकैदिन १ हजार २०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।

गत मंगलबारको तुलनामा बुधबार ६०० रुपैयाँले घटेको सुन बिहीबार भने आकासिएको होे ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदि प्रतितोलामा २५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य २ हजार २० रुपैयाँमा कारोबार थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १४४.२९ अमेरिकी डलर र चाँदी ३३.२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: २१ चैत्र २०८१, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।