सुनको मूल्य तोलामा १९०० रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनकाे मूल्य प्रतितोलामा १ हजार ९०० रुपैयाँले घटेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य  पनि तोलामा ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७.६५ अमेरिकी डलर र चाँदी २९.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८१, आइतबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।