लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार २ हजारले बढ्यो


काठमाडौँ । लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार बढेको छ । गत बिहीबारदेखि लगातार ४ दिनमा सुनको भाउ ६ हजार ९०० रुपैयाँले घटेको थियो । मंगलबारसम्म घटेको सुनको भाउ बुधबार भने २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९.९६ अमेरिकी डलर र चाँदी २९.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

 

 

प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।