काठमाडौं । विदेशमा बसोबास गर्ने नागरिकले राष्ट्रिय परिचय पत्र नभएपनि बैंक खाता खोल्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ लाई शंसोधन गर्दै विदेशमा रहेका नागरिकले बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने व्यवस्था गरेको हो ।
उनीहरुले विदेशमा रहँदा परिचयपत्र बिना बैंक खाता खोलेपनि नेपाल आएको ३५ दिनभित्रमा बैंकमा पुगेर राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले गत माघदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।
प्रतिक्रिया