बझाङमा चट्याङ लागेर एकको मृत्यु, पहिरोले सडक अवरुद्ध


बझाङ । बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ । आज साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।
जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
यहाँको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।

प्रकाशित मिति: २८ चैत्र २०८१, बिहिबार  ०७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।