कुमारी बैंकको ५ लाख बढि कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले मंगलबार एक सुचना निकालेर संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकोले उक्त मात्रामा सेयर बिक्री गरिने जनाएको हो ।

बैंकले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन पेश गर्न भनेको छ । आवेदन शेयर रजिष्टार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा दिनुपर्ने छ । सेयर बिक्री मुल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई दिनुपर्ने भनिएको छ । तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुको आवेदन नपरेमा बाहिर सेयर बिक्री प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।