काठमाडौँका यी ठाउँमा १९ गतेसम्म बिजुली काटिने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न ठाउँमा आगामी १९ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले सूचना निकालेर चैत १४ गते देखि १९ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार आज १५ गते सोमबार खानेपानी धापासी फिडरअन्तर्गत पर्ने बानियाँटार क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, १७ गते बुधबार मण्डिखाटार फिडरअन्तर्गत मण्डिखाटार, धुम्बाराही क्षेत्रमा र १९ गते शुक्रबार धुम्बाराही, बसुन्धारा फिडरअन्तर्गत पर्ने बसुन्धारा र धुम्बाराही क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

साथै प्राधिकरणले मौसम प्रतिकूल भए विद्युत् अवरुद्ध नहुने जनाएको छ ।

प्रकाशित मिति: १५ वैशाख २०८२, सोमबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।