सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी भने स्थिर


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ । यस्तै चाँदीकाे मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्यले मंगलबारको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३८४.६७ अमेरिकी डलर र ३३.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।