काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने मिति नजिकिँदै जाँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुझाव लिने क्रमलाई तिब्र बनाएका छन् । यस दौरान पौडेलले विभिन्न दलका नेता तथा सम्बद्ध पक्षसँग भेट गरी सल्लाह लिइरहेका छन् ।
बुधबार मात्र अर्थमन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । बुधबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेको बताएका छन् । भेटका क्रममा काँग्रेस सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।










प्रतिक्रिया