सेयर बजारमा हरियाली, नेप्से परिसुचकमा ६२.२५ अंकको वृद्धि


काठमाडौँ । बुधबार सेयर बजार परिसुचक नेप्सेमा हरियाली छाएको छ ।

प्रि– ओपनिङ्गदेखि नै क्रमिक रुपमा उकालो लागेको नेप्से अन्त्यमा ६२.२५ अंकले उक्लिएर २६७३.६९ बिन्दुमा पुगेको हो ।

बुधबार सेयर परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर ९९ हजार ३०५ पटक किनबेच हँुदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर साढे १० अर्ब बढी कायम भएको हो ।

बुधबार सबै समुहको सेयर बढ्दा वित्त समुह सबैभन्दा बढि ५.५५ प्रतिशतले बढेको छ । जलविद्युत समुह ३.१३ प्रतिशत, बैकिङ् समुह २.८० प्रतिशत, विकास बैंक समुह २.५९ प्रतिशत, निर्जीवन बिमा समुह २.७७ प्रतिशत, जीवन बिमा समुह २.५४ प्रतिशतले बढेको छ ।

यस्तै लघुवित्त समुह २.२२ प्रतिशत, होटल र पर्यटन समुह २.१४ प्रतिशत, अन्य समुह १.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समुह १.१३ प्रतिशत, लगानी समुह ०.९६ प्रतिशत, म्युचुअल फन्ड समुह ०.५८ प्रतिशत र व्यापार समुह ०.५४ प्रतिशतले बढेको हो ।

आज कारोबारमा आएका कम्पनी मध्ये नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा बुटवल पावर र ओम मेघाश्रीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रो पावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यता ङादी हाइड्रोको सेयर मूल्य ४.५० प्रतिशतले घटेको छ । लक्ष्मी भ्यालु फन्ड २ को सेयर मूल्य ३.०२ प्रतिशत, मुक्तिनाथ डेभेन्चर २०८४को सेयर मूल्य २.५५ प्रतिशत, मनकामना इन्जिनियरिङको सेयर मूल्य २.०६ प्रतिशतले घट्दा सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढि सानीमा माई हाइड्रोले ५९ करोड २० लाख ९६ हजार ८२६ रुपैयाँको कारोबार गरेको छ । यस्तै कारोबार संख्याको आधारमा सबैभन्दा सिंगाटी हाइड्रोको १४ लाख २६ हजार ३७९ कित्ता सेयर ३ हजार ५०० पटक किनबेच भएको छ ।

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।