काठमाडौँ । बुधबार बनावटी रुपमा भारी मात्रामा बढेको सेयर बजार पुरानै लयमा फर्किएको छ ।
कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार परिसुचक नेप्से १२.०४ अंकले घटेर २६६१.६४ बिन्दुमा पुगेको हो ।
कारोबारको पहिलो दिन आइतबार नेप्से ३.४४ अंकले घटेको थियो । यस्तै सोमबार ९.६२ अंकले घटेको थियो । मंगलबार भने नेप्से परिसूचक १.०३ अंक बढेकोमा बुधबार ६२.२५ अंकले बढेको थियो । तथापि बुधबार आकाशिएको नेप्से बिहीबार भने आफ्नै लयमा फर्किएको छ ।
नेप्से परिसूचकमा गिरावट आएता पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रो र ओम मेघाश्री फर्मास्युटिकलको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ । यस्तै आइसीएफसी फइनान्सको सेयर मूल्य ९.७४ प्रतिशतले बढेको छ ।
यता सिन्धु बिकास बैंकको सेयर मूल्य ४.१५ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.८३ प्रतिशत, हिमालयन पावरको सेयर मूल्य ३.३४ प्रतिशत, बुटवल पावरको सेयर मूल्य ३.२९ प्रतिशत र नारायणी बिकास बैंकको सेयर मूल्य ३.१७ प्रतिशतले घटेको हो ।
बिहिबार वित्त समुह ४.३० प्रतिशत उत्पादन तथा प्रशोधन समुह ०.१७ प्रतिशत, म्युचुअल फन्ड समुह ०.०७ प्रतिशत, हाइड्रो पावर समुह ०.०३ प्रतिशत र जीवन बिमा समुह ०.०१ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मूल्य घटेको छ ।
आज ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ बित्ता सेयर १ लाख ३ हजार ३१९ पटक किनबेच हुँदा ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँको कारोबार भएकोे छ ।
प्रतिक्रिया