काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ८६ हजार ४७४ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ ।
संस्थापक सेयर धनीहरुको लागि खरिद खुल्ला गरेको समयअवधिमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेकोले सर्वसाधारणलाई खरिद खुल्ला गरिएको हो ।
बैंकका अनुसार राष्ट्र बैंकको एकिकृत निर्देशिका बमोजिम सेयर बिक्री गरिने छ ।
बैंकले संस्थापक शेयरधनीहरु दुर्गा बहादुर पुन मगरको नाममा रहेको १५ हजार २८५ कित्ता र माधव प्रसाद अर्यालको नाममा रहेको ७१ हजार १८९ कित्ता बिक्री गरिने जनाएको छ ।
खरिदकर्ताले आवश्यक कागज प्रमाण संलग्न राखेर के कति कित्ता सेयर खरिद गर्ने हो सोको विवरण समेत आवेदनमा उल्लेख गर्नुपर्ने छ । आवेदन बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँमा १५ दिन भित्र पेश गरिसक्नु पर्ने बैैंकले जनाएको छ ।
प्रतिक्रिया