एचआईडिसिएलको नाफा ३३.१५ प्रतिशतले घट्यो


काठमाडौँ ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको खुद नाफा ३३.१५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी २८.५३ प्रतिशतले बढेर १ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने वित्तीय आम्दानी ३३.१३ प्रतिशतले घटेर १ अर्ब ५ करोड ७३ लाख रुपैयाँमा कायम भएको छ । त्यस्तै, कम्पनीको लाभांश आम्दानी ५०.१३ प्रतिशतले बढेर १ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ३ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। चेत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपेयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.८२ गुणा रहेको छ।

चुक्ता पूँजी २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६२ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।