हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

संस्थापक सेयरधनीहरुले आजदेखि ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित रुपमा जानकारी दिन सक्ने छन् ।

विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति,संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।