काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्तिका लागि दुई अर्ब छ करोड बजेट विनियोजन गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्ती सहज गर्न दुई अर्ब छ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले यो आर्थिक वर्षमा उच्च रक्तचाप मुटुरोग, मिर्गौला कलेजो लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र विशिष्टिकृत सेवा विस्तार गरिने बताए ।










प्रतिक्रिया