ट्रेड टावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले  निष्काशन गरेको आइपिओमा मंगलबार  कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने  जनाएको  हो ।

कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९ प्रतिशतले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर आईपिओमा निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९ कित्ता शेयर निष्काशन गरेको थियो । वैदेशिक रोगजारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड पश्चात् सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको थियो ।

कम्पनीको उक्त आइपिओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकत्तम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।