सेयर बजार परिसुचकमा दोहोरो अंकको वृद्धि


काठमाडौँ । सेयर बजार परिसुचक नेप्से दाहोरो अंकले बढेको छ ।

सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३.०९ अंकमा पुगेको हो ।

सोमबार कारोबारमा आएका ३२४ वटा कम्पनी मध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ७८ हजार ८४८ पटक किनबेच हँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली देखिँदा मकर जीतुमाया सुरि हाइड्रोपावर, पियोर इनर्जी, डोल्ती पावर, बिन्द्यबासिनी हाइड्रोपावर र बुटवल पावरको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ ।

यता, भुगोल इनर्जीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेको छ । मिथिला लघुवित्तको सेयर मूल्य ५.२३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बंैकको सेयर मूल्य ५.११ प्रतिशत, मानुसी लघुवित्तको सेयर मूल्य ३.०५ प्रतिशत र नदीप लघुवित्तको सेयर मूल्य २.८५ प्रतिशतले घटेको छ ।

समूहगत आधारमा व्यापार समूह १८.६८ अंकले घटेको छ । होटल तथा पर्यटन समूह १७.३७ अंकले र जीवन बीमा समूह १२.६३ अंकले घटेको बजारमा जलविद्युत समूह सबैभन्दा बढी ८२.२४ अंकले बढेको छ । अन्य समूह ६०.०५ अंक, निर्जीवन बीमा समूह ५४.०२ अंक, लघुवित्त समूह २२.६६ अंक, उत्पादन तथा प्रशोधन समूह १४.५९ अंक र लगानी समूह १३.८८ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा रादी विद्युत ६२ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा युनिभर्सल पावर कम्पनी ११ लाख ६५ हजार ४१९ इकाईको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याका आधारमा ओम मेगाश्री फर्मास्युटिकल्स ५ हजार ७९५ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।

यो कारोबार सँगै सोमबार कुल बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।