काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा गिरावट कायमै रहेको छ । बुधबार नेप्से परिसुचक १.०७ अंकले घटेर २६५३.६८ अंकमा पुगेको हो ।
मंगलबार नेप्से परिसुचक ३.९० अंकले घटेर २६५४.७५ अंकमा पुगेको थियो ।
बुधबार कारोबारमा आएका ३१४ वटा कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्त सेयर ७८ हजार १३ पटक किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपेयाँ बराबरको कारोबार भएको छ ।
पियोर इनर्जीको सेयर र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । युनियन हाइड्रोपावरको सेयर मूल्य ९.२२ प्रतिशत, सिंगती हाइड्रो इनर्जीको सेयर मूल्य ८.०९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ८.०५ प्रतिशतले बढेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सीतकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.८६ प्रतिशत, सामुदायीक लघुवित्तको सेयर मूल्य ३.१० प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा हेर्दा जलविद्यत समूह २७.०४ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह २६.६६ अंकले, जीवन बीमा समूह १८.५६ अंकले, अन्य समूह ४.५६ अंकले बढेको बजारमा अरु उपसुचकमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा हेर्दा सानीमा माई हाइड्रोपावर ७१ करोड ७८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ग्लोबल आईएमइ ब्यालेन्सड फन्ड २८ लाख ४५ हजार ८०२ पटकको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा सिंगती हाइड्रो इनर्जी ५ हजार २८८ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
बुधबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४४ खर्ब २१ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया