सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७३.१४ अमेरिकी डलर र चाँदी ३६.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।