काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीहरुको नाममा रहेका २ लाख ७८ हजार २०६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय प्रभु भवन, बबरमहल काठमाडौँमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया