सिम्रिक एयरले प्रिमियममा आइपिओ जारी गर्ने, बोलायो साधारण सभा


काठमाडौँ । सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने तयारी गरेको छ । अम्पनीले आइपिओ जारी गर्नका लागि साधारणसभा बोलाएको हो ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँमा असार २५ गते साँझ ५ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने छ । साथै, कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुकासाथै लेखापरीक्षणको प्रतिवेदनसहित वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।