प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । उक्त इकाइमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

यस स्किमको कुल आकार ४ करोड इकाई रहेको छ। जसमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७।५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याएर बाँकी रहेको २ करोड ५० लाख कित्ता इकाईका लागि सर्वसाधारणको लागि खुला गरेको हो ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो स्किम खुलामुखी प्रकृतिको स्किम हो। स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  ०७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।