काठमाडौँ । एक महिनामा नेपालले झन्डै ३० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्ममा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोे हो ।
बैशाख सम्म नेपालको निर्यात २ खर्ब १७ अर्ब १ करोड १० लाख ५९ हजार रुपैयाँ थियो ।
विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रपैयाँको बराबरको थियो ।
यो ११ महिनाको अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । विभागका अनुसार यो अवधिमा नेपालको निर्यात १३.१५ प्रतिशत र आयात ७७.७७ प्रतिशतले बढेको छ ।
आयात र निर्यात दुबै बढ्दा व्यापार घाटा पनि बढेको छ । चालु आर्थिक वर्षको जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ थियो ।










प्रतिक्रिया