चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरको १७ औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।
कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट १ अर्ब ८० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ । जनसहभागिताबाट ५ करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड रुपैयाँ र सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको सभामा जानकारी दिइयो ।
बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताए । आगामी आर्थिक वर्षको बजेटले बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको सभामा जानकारी दिइयो । अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न ६० करोड रुपैयाँ, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि २४ करोड ५० लाख रुपैयाँ र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि ४ करोड रुपैयाँ र महानगरको प्रशासनिक भवन निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।
शिक्षा र स्वास्थ्य ः गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि १० करोड ५० लाख रुपैयाँ, स्वास्थ्य सेवा तर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरङ्ग टिकट सहीत स्वास्थ्य सेवा सुधारका लागि ३ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास र रोजगारी ः ‘छोरीहरूको लागि बाल उमङ्ग जीवन बिमा’ कार्यक्रम, खेलकुद क्षेत्रको बिकासका लागि बजेट, उद्यमशिलता बिकास र रोजगारी सिर्जना, वातावरण सरसफाई, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमलाई उच्च प्रथामिकतामा राखेर काम गरिएको सभामा उपप्रमुख अधिकारीले जानकारी दिए ।










प्रतिक्रिया