सोमबार सुनचाँदीको भाउ कति ?


काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ सोमबार स्थिर बनेको हो । आइतबार ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५७.९ अमेरिकी डलर र चाँदी ३६.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।