अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड


काठमाडौँ । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी गराएका छन् ।

पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ । अर्को महिनाको समयसीमा सकिनुअघि कुनै सम्झौता भएन भने थाइ निर्यातले अमेरिकी राष्ट्रपतिको कर नीति अन्तर्गत अमेरिकाका लागि प्रमुख निर्यातहरूमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

थाइ न्यूज एजेन्सी एमसिओटीका अनुसार अर्थमन्त्री पिचाई चुन्हावाजिराले पत्रकारहरूलाई अमेरिकी प्रतिनिधिसँग वार्ता तय गरी अर्को हप्ता प्रस्थान गर्ने योजना बनाएका छन् ।

उनको टिप्पणी अनलाइन अनुमानपछि आएको थियो जसमा वार्तापछि करहरू १८ प्रतिशतमा कटौती गरिने उनले सामाजिक सञ्जाल एक्समार्फत जनाएको अर्थशास्त्रीहरूले उल्लेख गरेका छन् । पिचाईले प्रस्तावको उद्देश्य व्यापार सन्तुलन कम गर्नु र थाइल्यान्डको बजारमा अमेरिकी निर्यात पहुँच विस्तार गर्नु रहेको बताएका छन् ।

थाइल्यान्डसँगको अमेरिकाको व्यापार घाटा सन् २०२४ मा ४५.६ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतले बढेको अमेरिकी व्यापार प्रतिनिधिको तथ्याङ्कले जनाएको छ । थाइ सरकारले गत महिना आफ्नो सन् २०२५ को आर्थिक वृद्धिको पूर्वानुमानलाई ३.२ देखि ४.२ प्रतिशतबाट २.३ देखि ३.३ प्रतिशतमा झारेको थियो ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।