काठमाडौँ । लगातार केहि दिनको गिरावटपछि आइतबार सेयर बजार परिसुचकमा उत्साहजनक सुधार देखिएको छ । आइतबार नेप्से परिसुचक २६.५३ अंकले बढेर २६२२.२८ अंकमा पुगेको हो ।
कारोबारमा आएका ३२८ कम्पनीका १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७४ हजार ७५२ पटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबर पुगेको छ । सेयर बजारमा सुधार हुँदै जाने संकेत देखिएको धितोपत्र दलाल संघका उपाध्यक्ष भक्तिराम घिमिरे बताँउछन् ।
कारोबारको अन्तिम दिन बिहिबार नेप्से ४.४५ अंकले घटेर २६९५.७४ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ७८ करोड २ लाख रुपैयाँ पुगेको थियो । बुधबार नेप्से ०.३३ अंकले घटेर २६००.२० अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ पुगेको थियो । यस्तै मंगलबार नेप्से परिसुचक ०.२२ अंकले घटेर २६००.५३ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ पुगेको थियो ।
आइतबार उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह बढ्दा सबैभन्दा बढी बैकिङ्ग समूह २ प्रतिशतले बढेको छ । लघुवित्त समूह १.५८ प्रतिशत, विकास बैंक समूह १.६१ प्रतिशतले र अन्य समूह १.३५ प्रतिशतले बढेको छ ।
यस्तै सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बिन्ध्यवासीनी हाइड्रोपावरको सेयर मूल्य ८.९७ प्रतिशत, १०.२५ प्रतिशत माछापुछ्रे बैंकको डेभेन्चर ८.१० प्रतिशत, ग्रीन भेन्चरको सेयर मूल्य ६.९५ प्रतिशत र त्रिशुली जलविद्युतको सेयर मूल्य ५.९२ प्रतिशतले बढेको छ ।
यता, जोशी हाइड्रोपावरको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ । युनिलिभर नेपालको सेयर मूल्य ३.४९ प्रतिशत, पञ्चकन्या माई हाइो सेयर मूल्य ३.२० प्रतिशत, पियोर इनर्जीको सेयर मूल्य ३.१९ प्रतिशत र बुटवल पावरको सेयर मूल्य ३.०३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हेर्दा शाहस ऊर्जा ५७ करोड ८६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि शाहस इनर्जी ९ लाख ७५ हजार ५९८ पटकको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याका आधारमा पनि शाहस इनर्जी ४ हजार २५१ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूजीँकरण ४३ खर्ब ६९ अर्ब १० करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया