पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, पेट्रोल प्रतिलिटर ५ रुपैयाँ बढ्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले सोमबार पठाएको सूचीअनुसार यहाँ मूल्य वृद्धि गरिएको आइल निगमका पदाधिकारीहरुको भनाइ छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  ०६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।