काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डले धितोपत्र कारोबारसम्बन्धी कानुनको उल्लंघन गरेको भन्दै उनीहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा परेका कम्पनीहरूमा नक्सालस्थित एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) र नयाँ बानेश्वरस्थित बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) रहेका छन्।
दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा अन्य आवश्यक आर्थिक विवरण नेपाल धितोपत्र बोर्डमा पेस नगरेको पाइएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ। बोर्डले उनीहरुलाई पाँच/पाँच हजार रुपैयाँ नगद जरिवाना गराएको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा त्यसअन्तर्गतका नियमावलीअनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा ब्रोकरहरूले आफ्नो लेखापरीक्षण गरिएको वित्तीय विवरण बोर्डमा अनिवार्य रूपमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सम्बन्धित कम्पनीहरूले कानुन उल्लंघन गर्दै निर्धारण गरिएको समयमा विवरण पेश नगरेको कारण कारबाही गरिएको हो।










प्रतिक्रिया