यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बिहीबार एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार ३० गते, सोमबार, अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रा।लि।, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

 

प्रकाशित मिति: १८ असार २०८२, बुधबार  ०७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।