विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । कम्पनीको आईपीओमा लगानी गर्न इच्छुक सर्वसाधारणले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्काशन गरेको हो । यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टै शेयर निष्काशन गरी बाँडफाँड भइसकेको छ । जारी पूँजी ९० करोड ९१ लाख रुपैयाँ रहेको विकास हाइड्रोपावरले कुल ४९ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्दैछ । जसअन्तर्गत ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न पाएको हो ।

कम्पनीले कर्मचारीका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सुरक्षित राखिसकेको छ । बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयरमा आम सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।