काठमाडौँ । कारोबारको पहिलो दिन सेयर बजार परिसुचक सामान्य अंकले बढेको छ । आइतबार नेप्से २.४० अंकले बढेर २ हजार ७०६.३६ अंकमा पुगेको हो ।
कारोबारमा आएका ३१८ कम्पनी मध्ये ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ८७ हजार ३९८ पटक किनबेच हुँदा ९ अर्ब ५० करोड ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको अन्तिम दिन बिहिबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ पुगेको थियो ।
आइतबार अन्य समूह ७०.८६ अंकले बढेको छ । वित्त समूह ६२.१० अंकले, उत्पादन तथा प्रशोधन समूह ४५.६७ अंकले, व्यापार समूह ३६.७२ अंकले, बैकिङ्ग समूह १.६३ अंकले बढेको छ ।
यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गार्जीयन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.३६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ५.७० प्रतिशत, उपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.१८ प्रतिशतले र जानकी फाइनान्सको सेयर मूल्य ४.९१ प्रतिशतले बढेको छ ।
यता, १२ प्रतिशत गुडवील फाइनान्स डिभेन्चर २०८३ को सेयर मूल्य ८.८७ प्रतिशतले घटेको छ । ग्रीन डेभलपमेन्टको सेयर मूल्य ८.५८ प्तिशत, सिन्धू विकास बैंकको सेयर मूल्य ५.८१ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ५.४३ प्रतिशतले र गरीमा समृद्धि योजनाको सेयर मूल्य ४.३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ४९ करोड ४० लाख ८ हजार रुपैयाँ बराबरको कोरोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड ५१ लाख ५६ हजार ७५० इकाईको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स २ हजार ७७७ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
आइतबारको कारोबार सँगै कूल बजार पूँजीकरण ४५ खर्ब ९ अर्ब १९ करोड ३६ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया