काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७६ करोड


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको महानगरको १७ औँ नगरसभाको पहिलो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

यसअघि मेयर बालेन्द्र शाहले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने भएपनि आन्तरिक विवादको कारणले बजेट समयमा आउन सकेको थिएन् । बजेट ल्याउन ढिलाइृ भएकोमा उपप्रमुख डंगोलले क्षमायाचना पनि गरेकी छन् ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।