आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज–फ्रन्टलाइन हस्पिटलबीच नगदरहित सेवामा सम्झौता


काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन लिमिटेड–फ्रन्टलाइन हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज– फ्रन्टलाइन हस्पिटल क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नोबले कलेज–फ्रन्टलाइन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै, सोही अवसरमा शरण रेग्मीले आफ्ना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियलसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।