मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी


काठमाडौँ । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) लाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी गरेको छ । एमआईएलले नेपालमा उच्च वृद्धि सम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको हो ।

कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रणनीतिक लगानी एमआईएलको बृद्धिविकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।

यो लगानीबाट कम्पनीलाई कार्यसंचालन प्रक्रियाहरुको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रवर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने एमआईएले विश्वास व्यक्त गरेको छ ।

कम्पनीले उक्त लगानी मुख्यतः कम्पनीको वित्तिय अवस्थालाई थप मजबुत गर्न तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने विज्ञप्तीमा उल्लेख छ ।

“हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौँ ।” एमआईएलका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले बताए । “यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ । जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ ।”

अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको अन्वेषण गर्ने र नवप्रवर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको छ ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार  १४ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।