२ वटा व्यापारिक फर्ममाथि कारबाही, अन्यमा पनि अनुमगन


काठमाडौँ । गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख रुपैयाँ बराबरको जरिवाना गरेको छ ।

यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई २ लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको विभागले जनाएको छ । अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।

विभागले उपलब्ध गराएको विवरण अनुसार ७ वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै, काठमाडौँ र ललितपुरका ५ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवम् कारबाही गरिएको जनाएको छ । विभागले असार ३१ गते ९, र ३० गते पनि समान ९ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ ।

यस्तै, असार २९ गते ९, असार २७ गते ५,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  ०६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।