एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३९.०५ अमेरिकी डलर र चाँदी ३७.९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।