डिजेल र पेट्रोलको मूल्य घट्यो


काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४५ रुपैयाँ ५० पैसा, १४७ रुपैयाँ र १४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ तोकिएको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट मंगलबार प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।