काठमाडौँ । भोलिदेखि जतिसुकै मूल्य बराबरको सुन किन्दा पनि लक्जरी कर लाग्ने भएको छ ।
सरकारले ल्याएको आर्थिक अध्यादेशमा जतिसुकै परिमाणको सुन किन्दा पनि २ प्रतिशत विलासिता शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
सरकारले अहिलेसम्म १० लाख रूपैयाँभन्दा बढीको सुन किन्दा मात्र २ प्रतिशत कर लाग्थ्यो । तर सीमा तोक्दा फरक फरक व्यक्तिको नाममा बिल गराउने तर लक्जरी कर नतिर्ने भएपछि सरकारले सबै परिणाममा शुल्क लगाएको हो । यो सँगै सुनको मूल्य बढ्ने भएको छ ।
सरकारले १० लाख रूपैयाँ माथिको हिराजन्य पत्थर खरिदमा पनि लक्जरी कर लगाउने निर्णय गरेको छ । परिवर्तित कर आगामी आर्थिक वर्ष सुरू भएको दिन अर्थात् २०८२ साउन १ गतेदेखि लागू हुनेछ ।










प्रतिक्रिया